दक्षिण कोरियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुग्यो, सुरुङ मार्गभित्र १३ जनाको शव फेला

१ बर्ष अघि

२0८0 श्रावण १ सोमबार

दक्षिण कोरियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुग्यो, सुरुङ मार्गभित्र १३ जनाको शव फेला

  एजेन्सी । दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ । यसअघि हिजो बिहानसम्म २६ जनाको शव फेला परेकोमा त्यसपछि १३ जनाको शव भेटिएको छ ।

चुङचेओङ प्रान्तमा डुबानमा परेको सुरुङ मार्गमा फसेकाहरुको खोजीमा खटिएको उद्धार टोलीले १३ जना मानिसको शव फेला पारेका हुन् । बाढी नै सुरुङमा पसेपछि निजी गाडी र बसमा यात्रा गरिरहेका यात्रुहरु फसेका थिए । सुरुङ ६ सय ८५ मिटर लामो छ । त्यहाँ नौ जनाको जीवितै उद्धार गरिएको थियो ।

उत्तरी ग्योङसाङ प्रान्तमा ९ जना बेपत्ता छन् । उनीहरुको खोजी भैरहेको छ । वर्षाका कारण १४ वटा सहर र प्रान्तका आठ हजार ८ सय ५२ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । ग्योङसाङ प्रान्त र मध्य चुङचेओङ प्रान्त निक्कै प्रभावित रहेका केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य मुख्यालयले जनाएको छ ।

अत्यधिक वर्षाका कारण बाढी, पहिरोको मारमा परेको दक्षिण कोरियामा विद्युत् कटौती भएको छ । प्रधानमन्त्री हान डक–सूले सेनालाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । अत्यधिक वर्षाका कारण अहिले दक्षिण कोरियासहित भारत, चीन र जापान बाढी र पहिरोबाट आक्रान्त भएका छन् ।

यसरी बाढीरपहिरो आउनुका अन्य धेरै कारणहरू भए पनि जलवायु परिवर्तन मुख्य कारण रहेको विज्ञले बताउँदै आएका छन् ।