स्याउ जोन कार्यक्रम व्याँस गाउँपालिकामा पनि सम्भव

५ बर्ष अघि

२0७५ कार्तिक १५ बिहीबार

स्याउ जोन कार्यक्रम व्याँस गाउँपालिकामा पनि सम्भव

सुलोचना महता कार्तिक १५ गते  । दार्चुला जिल्लाको व्यासँ गाउँपालिका वाड नं. १ मा स्याउ जोन कार्यक्रम सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन गरीएको छ । सम्भाव्यता अध्ययन गर्दा व्यासँ गाउँपालिका वाड नं. १ छाङरु समुद्र सतहदेखि ३ हजार मिटर उचाईमा रहेकोमा हावापानी अनुकुल तथा बलौटे, दोमट माटो रहेकोले उक्त ठाउँमा स्याउँखेती गर्न सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाई दार्चुलाका सुचना अधिकारी हरिदत्त जोशीले जानकारी दिनु भएको छ । 
झण्डै सय परिवारको बसाइ रहेको व्याँस क्षेत्रमा अहिले पनि त्यहाँका स्थानीय जितसिंह बोहराले ४ सय बोट लगाएर स्याउ खेती गरेका छन् । वि.सं. २०६० सालमा भारतको हिमान्चलमा रहेको सरकारी फर्मबाट प्रतिबोट रु ८० नेपाली तिरेर ५ सय बोट किनेर लगाएकोमा ४ सय स्याउका बोटले ५ वर्षबाट फलदिन सरु गरेको  पनि अध्ययनमा गएको टोलीले बतायो ।  व्याँस गाउँपालिका १ छाङरुका स्थानियहरुले समुह बनाएर गत अािर्थक वर्ष २०७४÷०७५ मा स्याउ खेती गरेको पाइएको हो । जसमा राखुपा उपभोक्ता समिति व्यासँ गाउँपालिका वाड नं. १ घट्टेखोलाले १ हजार स्याउको बोट र ज्याकङ कृषक समुहले ५ सय बोट लगाएका छन् । नौगाड र दुहुँ गाउँपालिकाको उच्च स्थानहरुमा पनि स्याउखेतीका लागि सम्भाव्यता अध्ययन गरीने जोशीको भनाई छ । चालु आर्थिक बर्षको पुस÷माघ महिनादेखि स्याउ खेति गरीने छ ।