लुम्बिनीका पूर्वमन्त्री यादव बैंकिङ्ग कसुरमा पक्राउ

१ बर्ष अघि

२0८0 श्रावण १ सोमबार

लुम्बिनीका पूर्वमन्त्री यादव बैंकिङ्ग कसुरमा पक्राउ

रुपन्देही । लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । प्रहरीले बैंकिङ्ग कसुर मुद्दामा यादवलाई पक्राउ गरेको हो ।

गएको माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका(१ का उमाशङ्कर यादवको नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाण्डौको चेक बाउन्स भएपछि एमालेका नेता समेत रहेका प्रदेशका पूर्वमन्त्री यादव विरुद्ध मुद्दा दायर भएको थियो ।

मुद्दा दर्ता भएपछि जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएसँगै बाँकेको डुडुवा गाउँपालिका होलियाबाट पक्राउ परेका यादवलाई रुपन्देही ल्याइएको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

जसपाबाट निर्वाचित भएपछि यादव शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका थिए । पछि यादव एमाले प्रवेश गरेका थिए । २०७९ सालमा भएको प्रदेश सभाको चुनावमा बाँकेको क्षेत्र नम्बर २ ुकु बाट एमाले उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका यादव जसपाका भण्डारीलाल यादवसँग पराजित हुनुभएको थियो ।

यादवले २०७४ सालमा कांग्रेसले टिकट नदिएपछि जसपामा प्रवेश गरी उम्मेदवार बनेका थिए ।