मिटरब्याजसम्बन्धी विधेयक रोक्न षड्यन्त्र भइरहेको छ स् कानुनमन्त्री गुरुङ

१ बर्ष अघि

२0८0 असार ३१ आईतवार

मिटरब्याजसम्बन्धी विधेयक रोक्न षड्यन्त्र भइरहेको छ स् कानुनमन्त्री गुरुङ

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक रोक्न विभिन्न षड्यन्त्रहरू भइरहेको बताएका छन् । काठमाडौंमा शनिबार भएको कांग्रेसनिकट तमु संघ वाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै कानुनमन्त्री गुरूङले यस्तो बताएका हुन् ।
कानुनमन्त्री गुरूङले भने,‘सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउन अध्यादेश ल्यायो । तर त्यसलाई संसद्बाट प्रतिस्थापन विधेयक ल्याउन नदिन कसले कसरी षड्यन्त्र गर्‍यो रु त्यो सबैलाई प्रस्टै छ । भ्रष्टाचारको फाइल खोल्न थालेको सरकार नै ढल्छ भनेर यताउता षड्यन्त्र भइरहेको छ । तर हामीलाई सरकारमा हौँला वा नहौँला भनेर चिन्ता छैन । हामी जनताको पक्षमा काम गर्न प्रतिबद्ध छौँ । जसले जसरी षड्यन्त्र रचे पनि सरकार मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न प्रतिबद्ध छ ।’ कानुनमन्त्री गुरूङले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक संसद्को यही अधिवेशनबाट पारित हुने बताए । उनले मिटरब्याज पीडितहरूलाई न्याय दिने विषयमा कांग्रेस र गठबन्धन सरकार प्रस्ट रहेको बताए ।
उनले दुईरतीन दिनभित्रै मिटरब्याजसम्बन्धी विधेयक संसद्मा पेस हुने र पारित हुने बताए । मन्त्री गुरूङले सुशासन कायम गर्न र भ्रष्टाचारको अन्त्यका लागि अहिलेको गठबन्धन सरकार प्रतिबद्ध रहेको बताए ।