अबको क्रान्ति आर्थिक समृद्धिको ः सांसद ठगुन्ना 

५ बर्ष अघि

२0७५ कार्तिक १४ बुधबार

अबको क्रान्ति आर्थिक समृद्धिको ः सांसद ठगुन्ना 

दृष्टीकोण समाचार, कार्तिक १४ दार्चुला । दार्चुलाबाट निर्वाचित संघिय सरकारका सांसद गणेशसिह ठगुन्नाले अब राजनीतिक क्रान्ति सकिएको र मुलुकले अंगालेको आर्थिक समृद्धिका लागि  सबैले एकजुट भएर काम गर्न सक्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति दार्चुलाले आयोजना गरेको  आर्थिक बर्ष २०७४÷७५ को बार्षिक प्रगती एवं समिक्षा गोष्ठीमा बोल्दै साँसद ठगुन्नाले दार्चुलाको विकास क्रमिक रुपले आगाडी बढी रहेको बताएका छन् । साथै दार्चुलाको आर्थिक समृद्धिका लागि महत्वपुर्ण भूमिका खेल्ने दार्चुला तिङ्कर सडक, गोकुलेश्वर विमान स्थल जस्ता गौरबका योजनाहरु पनि अगाडी बढाइने बताएका छन् । 
दार्चुला भौगोलिक रुपमा विकट भएकोले चाहेजति छिटो विकास गर्न नसकिने स्थिति रहेको छ । साथै जिल्लाको विकासका लागि सबैले एकजुट भएर लाग्नु पर्ने बेला एकले अर्काको विरोध र मनमुटाव नगर्न पनि सबै स्थानीय तहका सरकार प्रमुखहरुलाई सुझवा दिनुभयो । साथै प्रदेश सरकारले जिल्लामा सञ्चालन गर्ने विकास निर्माणका योजनाहरुपनि एकद्वार प्रणालीबाट आउनु पर्ने बताएका छन् ।