भारत विश्व इतिहासमा एक विशाल देशः फ्रान्सेली राष्ट्रपतिले जब प्रधानमन्त्री मोदीलाई अँगालो मारेको तस्वीर साझा गरे

१ बर्ष अघि

२0८0 असार ३१ आईतवार

भारत विश्व इतिहासमा एक विशाल देशः फ्रान्सेली राष्ट्रपतिले जब प्रधानमन्त्री मोदीलाई अँगालो मारेको तस्वीर साझा गरे

एजेन्सी । भारत विश्व इतिहासमा महाशक्ति रुपमा उदाउदै गएको देश होः फ्रन्सेली राष्ट्रपतिले प्रधानमन्त्री मोदीलाई अँगालो मारेको तस्वीर ट्विटरको माध्यमबाट साझा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको तस्बिर सेयर गर्दै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले लेखेका छन्, ‘विश्व इतिहासमा एक विशाल, भविष्यमा निर्णायक भूमिका खेल्ने देश, एक रणनीतिक साझेदार, एक सच्चा मित्र भारत हुन् । “यस वर्षको १४ जुलाई परेडको लागि सम्मानित अतिथिको रूपमा भारतलाई स्वागत गर्न पाउँदा हामीलाई ठूलो खुशी लागेको छ”, उनले थपे । एउटा तस्विरमा म्याक्रोनले प्रधानमन्त्री मोदीलाई अँगालो हालेको देखियो ।