आइतबारदेखि जयनगर–कुर्था खण्डमा महोत्तरीको सितापुरसम्म रेल चल्ने

१ बर्ष अघि

२0८0 असार ३0 शनिबार

आइतबारदेखि जयनगर–कुर्था खण्डमा महोत्तरीको सितापुरसम्म रेल चल्ने

जनकपुरधाम । यसअघि जयनगर–जनकपुरधाम र कुर्थासम्म चल्दै आएको रेल आगामी आइतबारदेखि महोत्तरीको सितापुरसम्म रेल चल्ने भएको छ ।
आइतबारदेखि एक स्टेसन अझ थप गर्दै महोत्तरीको भंगहा नगरपालिकामा पर्ने सितापुरसम्म चल्ने भएको हो । आइतबार साढे १० बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्ययतामा सितापुर स्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाईएको छ । स्टेसनको उद्घाटन गर्दै कार्यक्रममा सहभागी अतिथिहरू मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशका मन्त्रीहररुलगायत रेल चढेर जनकपुरधाम जाने कार्यक्रम रहनेछ ।