दलित समुदायप्रतिको ज्यादतीले सिमा नाघ्यो’

१ बर्ष अघि

२0८0 असार ३0 शनिबार

दलित समुदायप्रतिको ज्यादतीले सिमा नाघ्यो’

काठमाडौं । नेकपा माओवादी केन्द्र का सांसद रणेन्द्र बरालीले दलित समुदायप्रतिको ज्यादतीले सिमा नाघेको बताउनुभयो । शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बरालीले दलित समुदायका व्यक्तिले अन्तरजातिय विवाह गरेमा विभिन्न झुठा मुद्दा लगाएर फसाउने गरिएको भन्दै उसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले यस्ता घटना घट्न नदिन संसदीय विशेष समिति नै आवश्यक परेको बताउनु भयो । त्यस्तै जातिय भेदभाव तथा कसुर सजाय ऐन २०६८ लाई निर्भिक कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । इमेज खबर