दार्चुला च्याम्पियन लिग क्रिकेट टुनामेन्ट उद्घाटन

५ बर्ष अघि

२0७५ कार्तिक १४ बुधबार

दार्चुला च्याम्पियन लिग क्रिकेट टुनामेन्ट उद्घाटन

दिपकसिह धामी कार्तिक १४ दार्चुला । मष्टकेदार युवा क्लव हिकिलाले मंगलबारबाट दार्चुला च्याम्पियन लिग क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको छ । मष्टकेदार युवा क्लवका अध्यक्ष नरेन्द्र बडालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो भने दुहुँ गाउँपालिका उपाध्यक्ष इश्वरी जोशी विशिष्ट अतिथी रहनु भएको थियो । दुहुँ गाउँपालिका २ हिकिला गोकुल शेरा स्टेडियममा क्रिकेट प्रतियोगिता चलिरहेको छ ।


प्रतियोगितामा प्रथम पुरुष्कार ४३ हजार ३ सय ३३ ट्रफि, मेडल र प्रमाण पत्र र द्धितिय पुरुष्कार २१ हजार १ सय ११ रहेको छ । हाल सम्म प्रतियोगितामा २१ टिमको सहभागिता रहेको मष्टकेदार युवा क्लब हिकिलाका अध्यक्ष नरेन्द्र बडालले जानकारी दिएका छन । प्रतियोगिताको उद्घाटनखेल बाटमुणी र आयोजक बि बिच भएको हाम्रा सहकर्मी लोकेन्द्र बमले जानकारी दिनुभयो ।