अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौंमा, शीर्ष नेताहरुसँग भेट भएपनि राजनीतिक छलफल नहुने

१ बर्ष अघि

२0८0 असार ३0 शनिबार

अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौंमा, शीर्ष नेताहरुसँग भेट भएपनि राजनीतिक छलफल नहुने

काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू काठमाडौं आउनुभएको छ । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आइपुग्नुभएको हो । उहाँले आजै अपरान्ह परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि विदेश मन्त्री लूले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ । तर भेटमा अन्य कुनै पनि राजनीतिक र कूटनीतिक विषयमा छलफल नहुने र दाहाल पत्नी सीता दाहालको निधनप्रति समवेदना व्यक्त गर्ने कार्यक्रम मात्रै रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री र लूबीच बेलुकी ६ बजे बालुवाटारमै भेट हुनेछ । ईमेजखबर