चिनियाँ ऋणको पासो

१ बर्ष अघि

२0८0 असार २९ शुक्रबार

चिनियाँ ऋणको पासो

चीनले अन्ततः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको लगानीमा नेपाललाई फसाएको छ। विमानस्थल निमार्णका लागि भएको लगानी सम्झौता विपरित चीनले अहिले उक्त विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई परियोजनाअन्तर्गत निमार्ण भएको भन्दै महंगो ऋणको पासोमा फसाएको हो। यसअघि उक्त विमानस्थल चीनको ऋण लगानीमा बनेको भनिएको थियो।

अघिल्लो बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल चीनको महत्वाकांक्षी परियोजना बीआरआई अन्तर्गत भएको बताएका हुन्। तर चीनका राजदूतले त्यसो भनिरहँदा कुनै पनि नेपाली अधिकारीले तत्काल प्रश्न गरेनन्। जहाँ पर्यटनमन्त्री सुदन किराती आफैं उपस्थित् थिए। मन्त्री किराँतीले सम्झौता शर्त विपरितको चिनियाँ राजदूतको भनाइको खण्डन नगरी बरु नेपाल र चीन बीचको सम्बन्ध सगरमाथाको उचाई भन्दा पनि उच्च रहेको भन्दै चीनको प्रशंसा गरे।

चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल चीनको महत्वाकांक्षी परियोजना बीआरआई अन्तर्गत भएको बताएका हुन्। तर चीनका राजदूतले त्यसो भनिरहँदा कुनै पनि नेपाली अधिकारीले तत्काल प्रश्न गरेनन्।

यसअघि गत पुसमा विमानस्थल उद्घाटन समारोहमा तत्कालीन कार्यवाहक राजदूत वाङ सिनले ‘बीआरआई’ का लागि पोखरा विमानस्थल उज्ज्वल कार्य बनेको’ बताएपछि विज्ञले नेपाल सरकारमाथि बीआरआईको महंगो परियोजना तथा ऋण स्वीकार नगर्न सुझाव दिइरहेका थिए।

जबकी नेपाली अधिकारीले उक्त विमानस्थल निमार्ण सम्झौतामा कतै पनि बीआरआई अन्तर्गत भन्ने कतै उल्लेख नै छैन। नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिषचन्द्र लाल सुमनका अनुसार चिनियाँ पक्षले ऋण लगानी र त्यसको ब्याज असुलीका विषयमा चीनले राखेको अनुचीत शर्त नागरिक उड्यान प्राधिकरणले तत्काल अस्वीकार गरेपछि चिनियाँ एक्जिम बैंकसँग पुनः २०१४ को मे महिनामा ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको थियो। जसमा बीआरआई भन्ने शब्द कतै उल्लेख छैन।