जिल्लाका सात वटा स्थानीय तहले गरे बार्षिक समिक्षाः नौगाड अनुपस्थित अपिको तथ्याङ्क छैन 

५ बर्ष अघि

२0७५ कार्तिक १४ बुधबार

जिल्लाका सात वटा स्थानीय तहले गरे बार्षिक समिक्षाः नौगाड अनुपस्थित अपिको तथ्याङ्क छैन 

दृष्टीकोण समाचार, कार्तिक १४ दार्चुला । जिल्ला समन्वय समिति दार्चुलाले बुधबार जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको आर्थिक बर्ष २०७४÷७५ को बार्षिक प्रगती एवं समिक्षा गोष्ठीमा जिल्लाका आठ वटा स्थानीय तहहरुले आ—आफ्नो बार्षिक समिक्षा गरेका छन् । गत आर्थिक बर्षको खर्च र आम्दानी विवरण, मूख्य मूख्य विकास निर्माण, विभिन्न पर्यटकीय स्थालहरुको विकास, सडक विद्युतिकरण लगायतका बारेमा समिक्षा गरिएको छ । जिल्लाका महाकाली, शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन, लेकम, मार्मा, दुहँु, व्याँस र अपिहिमाल गाउँपालिकाले आ—आफ्नो बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका हुन् । त्यस्तै जिल्ला समन्वय समिति दार्चुलाले पनि आफ्नो बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेको छ । भने नौगाड गाउँपालिकाको गोष्ठीमा अनुपस्थित रहेको छ । 
अपिहीमाल गाउँपालिकाको पीडा छुट्टै    
अपिहिमाल गाउँपालिकामा दोश्रो बर्षसम्म पनि कर्मचारी अभाव रहेको छ । अपीहिमाल गाउँपालिकाका  प्रशासकिय अधिकृत जयसिह धामीले कर्मचारी अभावलाई टड्कारो रुपमा उठाएका छन् । प्रशासकीय अधिकृत । जिल्लाको समिक्षा कार्यक्रममा कर्मचारी अभावकै कारण कुनै तथ्याङ्क प्रस्तुत गर्न नसकेको बताएका छन् ।  दार्चुला जिल्लाबाट दुईपटक निर्वाचित भएका संघिय सरकारका सांसद गणेशसिह ठगुन्नाको उपस्थितिलाइ मध्यनजर गर्दै कर्मचारीको अभावको कुरालाई उठाइएको छ ।