चीनको नाकावन्दीले महङ्गियो मुस्ताङ, स्थानीय भन्छन– चीनियाँले साह्रै हेपे

१ बर्ष अघि

२0८0 असार २५ सोमबार

चीनको नाकावन्दीले महङ्गियो मुस्ताङ, स्थानीय भन्छन– चीनियाँले साह्रै हेपे

चीनको हेपाहा प्रवृत्तिका कारण उत्तरी सीमानाका नेपाली हैरान छन्। सीमा सार्ने, दुर्व्यवहार गर्ने, नेपाली भुभागमा पनि जान–आउन नदिने गर्दा चीनियाँसँग उनीहरुको मन कुँढिएको छ।

चीनसँग रिसाउनुका धेरै कारण छन्। पहिलो कारण चीनले सुरु गरेको अघोषित नाकावन्दी हो। चीनियाँ वजारमा गएर ब्यापार गर्ने स्थानीयलाई अहिले सीमा क्षेत्रमा पुग्न समेत रोक लगाईएको छ। नाकावन्दीका कारण उनीहरुले प्रयोग गर्ने दैनिक उपभोग्य सामाग्रीको मुल्य आकाशिएको छ। काठमाण्डौं हुँदै पुग्ने सामानको मुल्य ३ देखि ४ गुणा महंगो भएको मुस्ताङको लोमान्थाङका स्थानीयवासी छिरिङ तार्गे वताउँछन्।

दोस्रो कारण सीमामा हुने मिचाहा प्रवृत्ति हो। अधिकांश सीमास्तम्भ नेपालतर्फ सारिएका छन्। तर, त्यसलाई राज्य नै लागेर छोपछाप गर्ने प्रयास गरिरहेको उनीहरु वताउँछन्। हुम्लाको लीमी लाप्चामा देखिएको सीमा समस्या त्यसको उदाहरण हो।

मातृभूमीप्रती अगाध मायाँ गर्ने उनीहरुलाई सीमा मिचेको र नेपाली भूमीमा पसेर चीनले संरचना वनाएको मन परेको छैन। यद्यपी यो विषयमा उनीहरु वोल्दैनन। किनकी यहाँ पूर्वराजपरिवार, मुखिया र जनप्रतिनिधिहरुको वोलवाला छ। सोझा स्थानीय उनीहरुप्रति नै भरोसा गर्छन।