एमाले सत्तामा जान नपाएर छटपटिएको छ : कांग्रेस सांसद खतिवडा

१ बर्ष अघि

२0८0 असार २४ आईतवार

एमाले सत्तामा जान नपाएर छटपटिएको छ : कांग्रेस सांसद खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दल एमाले सत्तामा जान नपाएर छटपटिएको बताएका छन्। आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। बारम्बार प्रधानमन्त्रीको राजीनामा माग्दै पछि हटेको एमालेले परिपक्व राजनीति नगरेको सांसद खतिवडाको आरोप छ।

‘एमाले सत्तामा जान नपाएर छट्पटिएको छ। कहिले जलहरी प्रकरणमा बुरुक्क उफ्रिन्छ, कहिले बजेटको प्रकरणमा बुरुक्क उफ्रिन्छ। फेरि यसो हेर्दै गयो आफ्नै नाम कता–कता मुछिन्छ, फेरि थचक्क बस्छ। अहिले पनि बुरुक्क उफ्रियो फेरि चिसो पानीले नुहाउने वेला भइसकेको छ। त्यसैले यो आक्रमण उहाँमाथिको भन्दा पनि अलि सह्य गरेर परिपक्व राजनीति नगर्दाको परिणाम हो,’ उनले भने।