भारतको उत्तर प्रदेशमा दुई चिनियाँ नागरिक पक्राउ

१ बर्ष अघि

२0८0 असार २४ आईतवार

भारतको उत्तर प्रदेशमा दुई चिनियाँ नागरिक पक्राउ

भारतको उत्तर प्रदेशमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । भिसाको म्याद सकिएपनि भारतमै बसिरहेका उनीहरुलाई उत्तर प्रदेशको ग्रेटर नोयडाबाट पक्राउ गरिएको हो । उनीहरु चिनियाँ फोन निर्माता कम्पनी ओप्पोमा कार्यरत रहेको बताइएको छ । उनीहरुको नाम डेङ चोनकोन र मेङ शौगुओ रहेको प्रहरीले जनाएको छ । उनीहरुको उमेर करिब ३० वर्ष रहेको बताइएको छ । ती चिनियाँ नागरिकलाई देश निकाला गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।