चाडबाड नजिकिएसँगै सिमाक्षेत्रमा सुरक्षा चेकजाँचमा कडाई

५ बर्ष अघि

२0७५ कार्तिक १४ बुधबार

चाडबाड नजिकिएसँगै सिमाक्षेत्रमा सुरक्षा चेकजाँचमा कडाई

सर्मिला धामी, कार्तिक १४ दार्चुला । चाडपर्वको समयमा विभिन्न अबैधानिक गतिविधीहरु बढ्ने भन्दै नेपाल भारत सीमा क्षेत्रमा चेकजाँचमा कडाई गरिएको छ ।  चाँडबाडका बेला भारतीय नाकाहरुबाट अबैध रुपमा  विभिन्न किसिमका  अखाद्य बस्तुहरु र दिपावलीका बेला विभिन्न विष्फोटक पदार्थ पटाका, अतिसबाजी जस्ता सामान ओसार पसारहुन सक्ने भन्दै चेकजाँचमा कडाई गरेको  पटका अस्थाई प्रहरी पोष्ट पुलघाँटले जनाएको छ । दार्चुलाका अन्य नाकाहरुमा पनि अबैध रुपमा  बिष्पोटक पदार्थहरु भित्रने भन्दै नेपाल भारत सीमा जोडिएका दत्तु, जौलजिवि, लाली तिग्रम र सितापुलमा पनि सुरक्षा व्यवस्था कडा गरेको दार्चुलाका प्रहरी सुचना अधिकारी हिक्मत बहादुर बोहोराले जानकारी दिनु भयो । 
दिपावलीका बेला चोरी डकैती, जुवातास खेल्ने खेलाउने जस्ता गतिविधी र अन्य अपराधिक गतिविधी रोक्न प्रहरीको गस्ती बढाइएको र सुरक्षामा कुनै कसुर बाँकी नराखि दिनरात प्रहरी खटाएको दार्चुलाका प्रहरी प्रमुख नवराज अधिकारीले बताउनु भयो ।