‘अहिले दलितलाई झुटा मुद्दा लगाउनु कानुन र सरकारकै उपहास गर्नु हो’

१ बर्ष अघि

२0८0 असार २४ आईतवार

‘अहिले दलितलाई झुटा मुद्दा लगाउनु कानुन र सरकारकै उपहास गर्नु हो’

काठमाडौँ — दलित समुदायका सांसदहरुले अहिले पनि दलित समुदायमाथि जातीय भेदभाव र छुवाछुतका अपराध भइरहेकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलित समुदायका १५ जना सांसदहरुले संयुक्त विज्ञप्तिमार्फत् दलित समुदायमाथि जातीय भेदभावजन्य आधार कारणमा भएका घटनाहरू उल्लेख गर्दै एक स्वरमा भनेका छन्, ‘अहिले पनि दलितलाई झुटा आरोपमा मुद्दा लगाउनु र प्रहरी हिरासतमा राखिरहनु प्रचलित कानुन र नेपाल सरकारकै उपहास हो ।’

सांसदहरूले दलित समुदायमाथि जातीय भेदभावजन्य सोच राखेर अमानवीय तथा क्रुर अपराध गर्ने अभियुक्तलाई प्रचलित कानुनबमोजिम हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन् ।

‘जातीय विभेदका कारण भएका ज्यादतिपूर्ण घटनाले सिंगो राष्ट्रलाई नै चुनौती दिएको छ । हालै जुम्ला जिल्ला तातोपानी-४ गिडीखोलाका मुकेन्द्र नेपालीको घरमा जातीय भेदभावकै कारण आगजनी गरी सारा सम्पत्ति खरानी बनाइदिएका छन् । मुकेन्द्र नेपालीले स्थानीय बसन्ती गिरी नामकी केटीसँग लामो समयको प्रेम सम्बन्धपश्चात राजीखुशीले अन्तरजातीय प्रेमविवाह गरेकै कारण केटीको दाजु हिक्मत गिरीले उक्त जघन्य अपराधिक घटना घटाएको देखिन्छ,’ सांसदहरूले विज्ञप्तिमार्फत भनेका छन्, ‘नेपालको संविधान २०७२ ले जातीय भेदभावजन्य कार्यलाई अपराध घोषणा गरिसकेको अवस्थापछि पनि सयौं गम्भीर अपराधको घटना व्यापक रूपमा घटिरहेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता आततायी कार्यप्रति सशक्त निन्दा तथा भर्त्सना गर्दछौं ।’

उनीहरूले अन्तरजातीय प्रेम र विवाहकै कारण रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनादेखि अजित मिजारको हत्यासम्ममा संलग्न दोषीलाई कारबाही नहुने र अन्तरजातीय विवाह गरेकै बागलुङका प्रभात बस्यालदेखि गोरखाका सन्तोष नेपालीसम्मले झुटा मुद्दा खेप्नुपर्ने अवस्थाको कारण