बेरुजुले स्थानीय तहको ढाड सेक्छः प्रमुख जिल्ला अधिकारी

५ बर्ष अघि

२0७५ कार्तिक १४ बुधबार

बेरुजुले स्थानीय तहको ढाड सेक्छः प्रमुख जिल्ला अधिकारी

दृष्टीकोण समाचार, कार्तिक १४ दार्चुला । दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बेरुजुको स्थितिलाई ख्याल नगएिमा स्थानीय तहलाई सबभन्दा समस्या विषय बन्न सक्ने बताएका छन् । जिल्ला समन्वय समिति दार्चुलाको आयोजनामा गरिएको समिक्षा गोष्ठी कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले कर्मचारी समायोजनको विषयमा जिल्ला लेबलबाट हुने सबै प्रक्रिया पुरा गरेको र कर्मचारी परिपुर्तिका लागि सरकारले पनि काम गरिरहेको बताएका छन् । 
दार्चुला जिल्लाको एक स्थानीय तहले मात्रै बेरुजुको अवस्थालाई खुलाएको र अरुले पनि बेरुजुको अवस्थालाई अझै गहिरिएर सोच्नु पर्ने बताएका छन् । कर्मचारी र राजनीतिक दल र स्थानीय तहका पदाधिकारीहरु एक अर्काका परिपुरकका रुपमा रहेको भन्दै विकास निर्माणमा पदाधिकारी र कर्मचारी दुबै मिलेर अगाडी बढ्नु पर्ने बताएका छन् । दार्चुला जिल्लामा स्थानीय सरकारहरुले दार्चुला जिल्ला विपद् जोखिम जिल्लाको रुपमा रहेकाले विपद व्यवस्थापन गर्नका लागि कार्ययोजना गर्नु पर्नेमा बताउनु भयो ।