मन्दिरका नाम बजेट विनियोजन सरासर गलत पत्रकार महासंघ अध्यक्ष धामी

५ बर्ष अघि

२0७५ कार्तिक १४ बुधबार

मन्दिरका नाम बजेट विनियोजन सरासर गलत पत्रकार महासंघ अध्यक्ष धामी

दृष्टीकोण सामाचार, कार्तिक १४ दार्चुला । पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले पछिल्लो समय दार्चुला जिल्लामा स्थानीय, प्रदेश र संघिय सरकारबाट विभिन्न मन्दिरका नाममा बजेट विनियोजन गरी पार्टीहरुले कार्यकर्ता पाल्न व्यापार गरिरहेको बताएका छन् । जिल्ला समन्वय समिति दार्चुलाले आयोजना गरेको आव २०७४÷७५को बार्षिक प्रगती तथा समिक्षा गोष्ठीमा बोल्दै पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले दार्चुला जिल्लाका स्थानीय सरकारहरुले गर्ने हरेक बैठकहरु पारदर्शी र छर्लङ्गरुपमा जनताले थाहा पाउने किसिमले सञ्चालन हुनु पर्ने बताएका छन् । 
यसका अतिक्ति जनताले विकासको परिणाम खोज्ने किसिमको विकासको अपेक्षा गरिरहेको भएपनि त्यो हुन नसकेको बताए । काजगमा विकास भएको रेकर्ड भएपनि जनताले चाहेजस्तो विकास गर्न स्थानीयसरकार र कार्यक्रममा उपस्थित प्रदेश र संघिय सरकारका प्रतिनिधीहरुलाई सुझाव दिनु भएको छ ।