सुनको भाउ चार सय रुपैयाँले बढ्यो

१ बर्ष अघि

२0८0 असार १९ मंगलवार

सुनको भाउ चार सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले र चाँदीको ५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १० हजार चार सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी आज तोलामा एक हजार तीन सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।