संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुकै कारण सम्भव भयो शशांक कोइराला

१ बर्ष अघि

२0८0 असार १९ मंगलवार

संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुकै कारण सम्भव भयो  शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालामा अदम्य साहस र निर्णय क्षमता रहेको बताएका छन् ।
गिरिजाको १०० औं जन्मजयन्तीको अवसरमा बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले काठमाडौंमा आज गरेको कार्यक्रममा बोल्दै शशांकले यस्तो बताएका हुन् । शशांकले भने, ‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन। उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो। दोस्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो। ’ नेता शशांकले गिरिजाबाबुको जस्तो निर्णय क्षमता बिरलै नेतामा भेटिने बताए। गिरिजाकै कारण दोस्रो जनआन्दोलन सफल भएको उनले बताए।