पहिरोका कारण अवरुद्ध महाकाली लोकमार्ग सुचारु

१ बर्ष अघि

२0८0 असार १९ मंगलवार

पहिरोका कारण अवरुद्ध महाकाली लोकमार्ग सुचारु

दार्चुला । गएरातिको वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध बनेको दार्चुलाको महाकाली लोकमार्ग सुचारु भएको छ । सोमबार राति लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडक खण्ड अन्तर्गत पनेबाजमा पहिरो गएपछि अवरुद्ध बनेको थियो ।

सडक माथिबाट खसेको पहिरो मंगलबार बिहानैदेखि सडक डिभिजन कार्यालय पाटन बैतडीले पन्छ्याएपछि लोकमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।


सडक सुचारु भएसंगै दार्चुला सदरमुकाम जाने र दार्चुला सदरमुकामबाट अन्यत्रका लागि छुटेका सवारी साधन र यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।

बर्षातको समयमा महाकाली लोकमार्ग अन्तर्गत खलंगा–गोकुलेश्वर खण्डको पनेबाज र ऐरिछानामा बेलाबेला सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।