दार्चुलाको महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडक अवरुद्ध

१ बर्ष अघि

२0८0 असार १९ मंगलवार

दार्चुलाको महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडक अवरुद्ध

दार्चुला । गएरातिको वर्षाका कारण पहिरो खसेपछि दार्चुलाको महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खसेपछि मङ्गलवार आज बिहानैदेखि पनेबाजदेखि ऐरिछानासम्मको खण्ड अवरुद्ध भएको हो । हिलोसहित ढुङ्गा खसेपछि सडक अवरुद्ध हुँदा गाडी सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सडक अवरुद्ध भएपछि जिल्लाबाट बाहिरिने र भित्रिने गाडी बिच बाटोमै रोकिएका छन् । बिहानैदेखि डिभिजन सडक बैतडी पाटनले पहिरो हटाउने प्रयास गरिरहेको भएपनि लगातार परिरहेको बर्षाका कारण अबरुद्ध लोकमार्ग खुलाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।