दार्चुलामा ०७४÷७५ को बार्षिक प्रगति एवं समीक्षा गोष्ठी

५ बर्ष अघि

२0७५ कार्तिक १४ बुधबार

दार्चुलामा ०७४÷७५ को बार्षिक प्रगति एवं समीक्षा गोष्ठी

दृष्टीकोण समाचार, कार्तिक १४ दार्चुला । जिल्ला समन्वय समिति दार्चुलाको आयोजनामा आर्थिक बर्ष २०७४÷७५ मा जिल्लाका नौ वटै स्थानीय तहहरुको बार्षिक प्रगती एवं समिक्षा कार्यक्रम गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख करबीर बहादुर कार्कीको अध्यक्षता एवं संघिय सांसद गणेशसिह ठगुन्नाको प्रमुख आतिथ्याता रहेको छ । कार्यक्रममा प्रदेश सभाका सांसदद्वय गेल्बुसिह बोहरा र मानबहादुर धामी विशिष्ट अतिथी रहेका छन् । 
समिक्षा गोष्ठीमा दार्चुला जिल्लाका दुई नगरपालिका र सातवटा गाउँपालिकाहरुले बार्षिक समिक्षा एवं प्रगती पेश गरेका छन् ।