काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान ले नेपाल एअरलाइन्सका दुई जना पाइलटलाई निलम्बन गरेको छ । काठमाण्डौ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार निलम्बमा परेका पाइलटलाई ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगरेकाले निलम्बन गरिएको हो । प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका दुई पाइलट कोको हुन् भन्ने खुलाएको छैन ।