नेपाल एयरलाइन्सको आजदेखि भैरहवामा अन्तर्राष्ट्रिय उडान

१ बर्ष अघि

२0८0 जेष्ठ ३0 मंगलवार

नेपाल एयरलाइन्सको आजदेखि भैरहवामा अन्तर्राष्ट्रिय उडान

नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले आजदेखि  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ । निगमको मलेसियाबाट भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजलाई पर्यटन मन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।

निगमले काठमाडौं मलेसिया भैरहवा काठमाडौं रूटअन्तर्गत साताको एक दिन मंगलबार उडान गर्न लागेको गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए। 


निगमको न्यारोबडी जहाज मंगलबार बिहान साढे ८ बजे  विमानस्थलमा अवतरण गरेको थियो । पहिलोपटक अवतरण हुन लागेको यो उडानलाई स्वागत गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदान किराती गौतमबद्ध अन्तराष्ट्र्रिय विमानस्थल पुगेका थिए । 

जहाजले मलेसियाबाट भैरहवा आएका ३५ जना यात्रुहरुलाई छाडेर पुनः काठमाडौं फर्किएको थियो । निगमले हरेक हप्ता मंगलबार मलेसियादेखि भैरहवा काठमाडौं उडान नियमित गर्ने जनाएको छ । 

२०७९ जेठ २ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा अहिले कुनै पनि अन्तर्राष्ट्रिय उडान छैन ।  कुवेतको जजिरा एयरवेजले कुवेत भैरहवा नियमित उडान गर्दै आइरहेको भए पनि करिब डेढ महिनादेखि जजिराले पनि  उडान रोकेको छ।