प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

१ बर्ष अघि

२0८0 जेष्ठ ३0 मंगलवार

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

काठमाण्डौ – सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ । 

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यो विषयमा कारण देखाउन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका विरुद्धमा आदेश दिएको हो । अदालतले यो मुद्दामा अग्राधिकार हुने आदेशसमेत जारी गरेको छ । 

तत्कालीन नेकपा माओवादी को नेतृत्वमा भएको सशस्त्र सङ्घर्षमा भाग लिएका कम उमेरका सैनिकलाई अयोग्य ठहर गरेर शिविरबाट बाहिर निकालिएको थियो । यो निर्णयबाट आफूहरूको व्यवस्थापन नभएको भन्दै अयोग्य लडाकुका रूपमा लेलिन विष्टलगायतले मुद्दा दायर गर्नुभएको थियो ।