भारत भ्रमणबाट विकास र समृद्धिको ढोका खुलेको भएपनि केहीलाई पचेको छैनन्—प्रधानमन्त्री प्रचण्ड

१ बर्ष अघि

२0८0 जेष्ठ २९ सोमबार

भारत भ्रमणबाट विकास र समृद्धिको ढोका खुलेको भएपनि केहीलाई पचेको छैनन्—प्रधानमन्त्री प्रचण्ड

काठमाडौ । हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणबाट पाएको उपलब्धीहरु विरुद्ध केही शक्तिहरुको आडमा भ्रम छर्ने गम्भीर षड्यन्त्र भईरहेको उनले गम्भीर आरोप लगाए । आफूले भारत भ्रमणको क्रममा नेपाल र नेपाली जनताको स्वाभिमान र भारतीय जनताहरुको असिम विश्वास र आधारलाई मध्यनजर राख्दै पाएका उपलब्धीहरुको रक्षार्थ कार्यहरुमा सक्रिय रहेको वेला विपक्षीहरुले उक्त उपलब्धीहरुलाई तुहाउने विभिन्न षड्यन्त्र गरिरहेको प्रधानमन्त्री प्रचण्डले गम्भीर आरोप लगाएको हो ।
शनिबार नुवाकोटको लाकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै उनले यसपटकको भारत भ्रमणबाट देशको स्वाधीनता, विकास र समृद्धिको ढोका खोल्ने आधार बनेको र त्यसले सिंगो राष्ट्र गौरवान्वित भइरहेका बेला केही व्यक्तिलाई राम्रो नरुच्ने रोग लागेको टिप्पणी गरे ।
प्रधानमन्त्री प्रचण्डले ‘मेरो भारत भ्रमणले सिंगो राष्ट्र गौरवान्वित भएको छ । राष्ट्रको विकासको ढोका खोल्नुपर्छ भन्ने आधार तय भएकोले आमजनता खुसी छन् तर, यो खुसी र सफलतामा केही मान्छेहरुलाई पचेको छैनन् । मलाई चाहिँ इतिहासमा पहिलो पटक राष्ट्रको बृहत्तर हितमा राम्रो काम गर्न पाएकोमा खुसी लागेको छ ।’
उनले विकासका लागि राजनीतिक सहमति र राष्ट्रिय संकल्प चाहिने भन्दै राजनीतिक पूर्वाग्रह राख्न नहुनेमा जोड दिए । अर्थतन्त्रको चुनौती बीच पनि कृषिलाई उच्च प्राथमिकता दिइएको भन्दै उनले उत्पादन र उत्पादकत्व प्रवर्द्र्धन गर्ने नीति लिएको उल्लेख गरे । केही शक्तिहरु एवं पार्टीहरुले भारत विरोधी कुरा गरेर नेपाल भारत विच द्धन्द सृजना गरी चीनलाई खुशी पर्ने खेलमा लागेको हुँदा त्यस्ता शक्तिहरुलाई वेलैमा सवक सिकाउने बताउदै प्रधानमन्त्री प्रचण्डले नेपाल र भारत विच सदियौं देखि कायम रहदै आएको मैत्री सम्बन्धमा कुनै कमी नआउने तथा आउदो समयमा पनि दुबै देश विच अटुट सम्बन्ध अझै मजबुती हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अर्थमन्त्री डा। प्रकाश शरण महत, नुवाकोटका संघीय सांसद हितबहादुर तामाङ, प्रदेश सभाका सदस्यहरू राधिका तामाङ, रमेश महत लगायतले सम्बोधन गरेका थिए । एसीपीएन नेपालको सहयोगमा तयार पारिएको समाचार ।