दार्चुलामा ट्याक्टर दुर्घटना

१ बर्ष अघि

२0८0 जेष्ठ २७ शनिबार

दार्चुलामा ट्याक्टर दुर्घटना

दार्चुला । दार्चुलामा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको मार्मा गाउँपालिका ३ अन्तर्गतको चिउरानी बिटुले सकड खण्डमा शुक्रबार साँझ ट्याक्टर दुर्घटना भएको हो । दुर्घटना हुँदा तीन जना सामान्य घाइते भएका छन् । लटिनाथबाट राष्ट्रिय प्रशारण लाइनको लागि बिजुलीका पोल ढुवानी गरेर आइरहेको से २ त १६८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परि चालक मिलन धामी सहित सवार ३ जना सामान्य घाइते भएका प्रहरीले बताएको छ । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।