राष्ट्रिय मानव अधिकार आयोग र कतारको मानव अधिकार समितिबीच सम्झौता

१ बर्ष अघि

२0८0 जेष्ठ २५ बिहीबार

राष्ट्रिय मानव अधिकार आयोग र कतारको मानव अधिकार समितिबीच सम्झौता

काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोग र कतारको मानव अधिकार समितिबीच तीन वर्षको सम्झौता भएको छ । बिहीवार काठमाण्डौमा राष्ट्रिय मानव अधिकार आयोग र कतारको मानव अधिकार समितिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अब नेपालबाट रोजगारीका लागि कतार पुगेका नेपालीको मानव अधिकार हनन भएको बारेमा कतारको मानव अधिकार समितिमा उजुरी दिन सकिने छ । 

सम्झौतापछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै राष्ट्रिय मानव अधिकार आयोगका कायममुकायम सचिव मुरारीप्रसाद खरेलले सम्झौताले कतारमा काम गर्ने नेपाली कामदारको हक र अधिकार संरक्षणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले कतारमा भएका नेपालीले मानव अधिकार हनन भए नेपाली भाषामा नै उजुरी दिन सकिने र त्यहाँ नेपाली डेस्क सञ्चालनमा ल्याउने पनि बताउनुभयो । समितिले कतारमा रहेका नेपालीको मानव अधिकारको सुनिश्चितताका लागि नेपालीले काम गर्ने कम्पनीहरूको अनुगमन र कामदारको समस्या बुझेर कतार सरकारलाई जानकारी गराउने सहमति भएको उहाँको भनाइ छ । कामु सचिव खरेलले कतारको मानव अधिकार समितिसँग राष्ट्रिय मानव अधिकार आयोगले दोस्रो पटक सम्झौता गरेको र सन् २०१५ मा पनि समितिसँग सम्झौता भइसकेको बताउनुभयो ।