ऐतिहासिक जौलजिबी मेलाको तयारी ः मुल आयोजक समिति गठन

५ बर्ष अघि

२0७५ कार्तिक १३ मंगलवार

ऐतिहासिक जौलजिबी मेलाको तयारी ः मुल आयोजक समिति गठन

दृष्टीकोण समाचार, कार्तिक १३ दार्चुला । जौलजिबी मेला नेपालको सुदुरपश्चिम र भारतको उत्तराखण्ड क्षेत्रकै ऐतिहासिक व्यापारिक दृष्टीकोणले प्रख्यात मानिन्छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जौलजिबीमा लाग्ने ऐतिहासिक व्यापारिक मेलालाई गाउँपालिकाले व्यवस्थान तथा उजागर गर्न लागेको छ । नुन देखि सुन सम्म, भारतदेखि जुम्लाको घोडासम्मको व्यापारका लागि सदियौँ देखि चल्दै आएको जौलजिबी मेलाको संरक्षण, सम्बद्र्धन र व्यवस्थापनका लागि मालिकार्जुन गाउँपालिकाले चालु आर्थिक बर्षमा १० लाख रुपैँया बजेट विनियोजन गरेको छ । मंगलबार गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीको अध्यक्षतामा गाउँकार्यपालिकाको बैठक बसेर मेला व्यवस्थापन मुल आयोजक समिति गठन गरिएको छ । 
आजको बैठकले मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष लोकेन्द्रसिह धामीको संयोजकत्वमा ९ सदस्यीय मेला व्यवस्थापन मुल आयोजक समिति गठन गरेको मालिकार्जुन गाउँपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम पन्तले जानकारी दिनुभयो ।
ऐतिहासिक जौलजिबी मेलालाई प्रबद्र्धन गर्नको लागि पहिलो पटक स्थानीय सरकारले यस्तो कदम चालेको हो । मंसिर एक गतेबाट लाग्ने जौलजिबी मेलामा स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने किसिमका विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्नुका साथै अन्य व्यापारिक स्टलहरु स्थापना गरिने मेला व्यवस्थापन मुल समिति संयोजक लोकेन्द्रसिह धामीले जानकारी दिनुभयो ।