ताप्लेजुङ–दार्चुला बाइक टुर

१ बर्ष अघि

२0८0 जेष्ठ २४ बुधबार

ताप्लेजुङ–दार्चुला बाइक टुर

दार्चुला । पर्यटन प्रवद्र्धनका लागि लागि युवा पत्रकार तथा कलाकारको टोलीले ‘ताप्लेजुङ–दार्चुला पर्यटन प्रवद्र्धन टुर’ गरेको छ । गत जेठ १० गतेदेखि सुरु भएको बाइक टुर जेठ २४ गते दार्चुलामा पुगेको हो ।
पूर्वदेखि पश्चिमसम्मका मुख्य पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि सामूहिक प्रयासस्वरुप ताप्लेजुङ–दार्चुला ‘बाइक टुर’ गरिएको नेपाल टुरिजम प्रोमोसन टुर ताप्लेजुङ–दार्चुला का संयोजक विष्णु विवेकले जानकारी दिए ।
नेपालको पर्यटन प्रवद्र्धनका लागि ५ जना पत्रकार र एक जना कलाकारको टोली दार्चुला पुगेको हो । उनीहरुले दार्चुलाको पश्चिम कुनाको दुहुँ गाउँपालिकासम्म भ्रमण गरेका छन् ।
एनटिपी मल्टिमिडिया गु्रपको संयोजनमा पूर्वदेखि पश्चिमसम्मका मुख्य पर्यटकीय गन्तव्यहरूको थप प्रचार–प्रसार, पर्यटन प्रवद्र्धन जलवायु परिवर्तनको असर लगायतको विषयमा जानकारी गराउन पनि ताप्लेजुङ–दार्चुला बाइक टुर गरिएको उनले बताए ।
सदरमुकाम खलंगामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक विवेकले ताप्लेजुङ–दार्चुला वाइक टुर निकै चूनौती कार्य भएको बताए । झण्डै २ हजार ५०० किलोमिटर बाइक टुर गरिएको छ । पर्यटन प्रवद्र्धनको लागि अब दार्चुला–ताप्लेजुङ जोडिनुपर्छ उनको भनाई छ ।
कार्यक्रममा बोल्दै महाकाली नगरपालिका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले पर्यटनको सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसार हुन नसकेको बताइन् ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले दार्चुलामा धार्मिक मात्र सांस्कृति पर्यटनको प्रचुर सम्भावना रहेको बताए । उनले भने, ‘यहाँको व्यासी संस्कृति छुट्टै छ । कैलाश पवत्र, अपि नाम्पा यहाँका मुख्य सम्भावना हुन् ।’
उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशसिह थापाले पर्यटन प्रवद्र्धनको लागि सहकार्य गर्न उद्योग वाणिज्य संघ तयार रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी किरण जोशीले बाह्यमात्र नभई आन्तरिक पर्यटन प्रवद्र्धन आवश्यक रहेको बताइन् ।
जेठ १० गतेदेखि सुरू भएको बाइक टुर काठमाडौंदेखि मध्यपहाडी लोकमार्ग भएर सिन्धुली, खोटाङ, भोजपुर हुँदै ताप्लेजुङ पुगेको थियो । यस्तै ताप्लेजुङदेखि मेची राजमार्ग हुँदै झापादेखि महेन्द्र राजमार्ग हुँदै कञ्चनपुर र कञ्चनपुरदेखि अत्तरिया हुँदै डडेल्धुरा भएर दार्चुला पुगेको हो ।
यस्तै, दार्चुलाबाट मध्यपहाडी लोकमार्ग भएर मुगु लगायतका ठाउँ पुगेर टोली फर्किने योजना छ ।
टोलीलाई नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०, होटल एसोसिएसन अफ नेपाल हान र नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसिसीआईले सहयोग गरेको छ । भ्रमणको क्रममा दार्चुला पुगेको टोलीलाई महाकाली नगरपालिका, दुहुँ गाउँपालिका र उद्योग वाणिज्य संघ दार्चुलाले सम्मान समेत गरेको छ ।