प्रधानमन्त्री प्रचण्डले बिहीवार लुम्बिनी केबलकारको उद्घाटन गर्ने

१ बर्ष अघि

२0८0 जेष्ठ २४ बुधबार

प्रधानमन्त्री प्रचण्डले बिहीवार लुम्बिनी केबलकारको उद्घाटन गर्ने

रुपन्देही – लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने भएको छ । आईएमई समूहको लगानीमा बनेको केबलकार व्यावसायिक रूपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो ।

लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गेधारा, पोखरी आदि संरचनाहरूले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ ।

यसअघि गएको जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरु गरिएको थियो । सप्ताहव्यापी पूजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितले धार्मिक प्रवचन दिनुभएको थियो । भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ ।

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको दुई प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म तीन किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आईएमई समूहले काठमाण्डौको चन्द्रागिरि र भर्खरै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताउनुभएको छ । उहाँले भारतको गोरखपुर, लखनउलगायत विभिन्न सहरका भारतीयलाई आकर्षित गर्न सकिने सम्भावना देखेर केबलकारमा लगानी गरिएको बताउनुभयो ।

केबलकार र रिसोर्टसहितको आयोजनाको लागत पाँच अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । ुटप स्टेशनु मा पर्यटकका लागि भेजु र नन भेजु छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काई वाक, जीप लाइन निर्माणको क्रममा छन् । मोनोकेबल डिट्याचेबल सिस्टमु का २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक छ हजार यात्रुलाई आउजाउ गराउन सक्छ ।

ुबटम स्टेशनु समुद्री सतहबाट दुई सय ३० मिटर र ुटप स्टेशनु नौ सय ४० मिटरको उचाइमा रहेको छ । ुबटम स्टेशनु बाट १० मिनेटको यात्रामै ुटप स्टेशनु मा पुग्न सकिन्छ । खासगरी गर्मी मौसममा वसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो हुने अध्यक्ष ढकालले बताउनुभयो । केबलकार सञ्चालनमा आएसँगै ुटप स्टेशनु मा साढे तीन अर्ब रुपैयाँको लागतमा पाँचतारे होटललगायतका संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोकुल साउदले जानकारी दिनुभयो ।