दार्चुलाको तिंकर सीमा क्षेत्रमा प्रहरीको गस्ती

१ बर्ष अघि

२0८0 जेष्ठ २३ मंगलवार

दार्चुलाको तिंकर सीमा क्षेत्रमा प्रहरीको गस्ती

दार्चुला । दार्चुलाको तिंकर नेपाल चीनको सीमा क्षेत्रमा प्रहरीले गस्ती थालेको छ।  दार्चुला प्रहरीका अनुसार चोरी सिकारी हुने क्षेत्रमा प्रहरीले गस्ती बढाएको हो। चीन र नेपालको १ नम्बर पिल्लर क्षेत्रमा दार्चुला प्रहरीले गस्ती गर्दै आएको छ। ईलाका प्रहरी कार्यालय तिंकर दार्चुलाबाट प्रहरी नायव निरीक्षक हर्क सिंह महताको कमाण्डमा गएको प्रहरी टोलीले गस्ती गरेको हो।  जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर  १ स्थित नेपाल चीन सीमा नाकामा भूमि तथा चोरी सिकारीको प्रहरीले निरिक्षण गरेको छ। प्रहरीले उक्त क्षेत्रको वस्तुस्थिति बुझ्न समय समयमा गस्ती गर्दै आएको बताएको छ।