दार्चुलामा एनटी फाइबर सेवा शुरु

१ बर्ष अघि

२0८0 जेष्ठ २२ सोमबार

दार्चुलामा एनटी फाइबर सेवा शुरु

दार्चुला । नेपाल टेलिकमले दार्चुलामा एनटी फाइबर सेवाको शुभारम्भ गरेको छ । आइतबार ग्राहकहरूलाई सीपीइ हस्तान्तरण गरी एनटी फाइबर सेवाको शुभारम्भ गरिएको हो । एनटी फाइबरबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सकिने टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले बताए । टेलिकमको एनटी फाइबर सेवा दार्चुला जिल्ला सदरमुकाम खलङ्गा बजार र गोकुलेश्वर बजार क्षेत्रमा विस्तार गरिएको छ । 

इन्डिभ्युडिअल र कर्पोरेट क्षेत्रलाई एनटी फाइबर सेवा बिक्री गरिन थालिएको कार्यालय प्रमुख गुरुङले बताए ।टेलिकमका अनुसार फाइबर टु दि होम सेवा नेपालमा हालसम्म उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा उच्च गतिको हो । हाल स्प्रिङ अफर अन्तर्गत डाटा सुविधामा एफटीटीएच प्याकेज वार्षिक ८ हजार रुपैयाँमा, एनटीटीभी सहितको प्याकेजलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटी टिभी सेवा उपलब्ध रहेको टेलिकमले जनाएको छ । सुदूरपश्चिमका अन्य जिल्लामा यसअघि नै यो सेवा सुचारु गरिए पनि दार्चुलामा जेठ २१ गतेदेखि सेवा सुचारु गरिएको हो ।