झुन्डीएकी महिलाको शव आफन्तकोे जिम्मा लगायो ।

५ बर्ष अघि

२0७५ कार्तिक १३ मंगलवार

झुन्डीएकी महिलाको शव आफन्तकोे जिम्मा लगायो ।

ललित सामन्त, कार्तिक १३ दार्चुला । 

दार्चुला जिल्लाको व्यासँ गाउँपालीका वार्ड न.ं ५ धौलाकोटमा रुखमा झुन्डीएकी महिलाको शव आज मात्रै पोष्टमाटम गरि आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
व्यासँ गाउँपालीका वार्ड न ः५ धौलाकोटको स्याकु गाउँमा बस्ने ३० वर्षका मानबहादुर धामीकी श्रीमती वर्ष अन्ताजी २५की पुना धामी झुन्डीएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  आइतबार रातीदेखि घरबाट हराएकी धामी हिजो विहान मात्रै प्रहरीलाई स्थानीयले खबर गरेपछि धौलाकोटबाट अमिर सिह रावलको प्रहरी टोली घटनास्थलतर्फ गएको साथै थप अनुसन्धानको लागि दार्चुलाबाट समेत प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराको टोली पनि अनुसन्धानको लागि गएको थियो । भने मृत्क धामीका पाचँ वर्षका एक छोरा छन् ।