भारतमा भएको रेल दुर्घटनाप्रति प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

१ बर्ष अघि

२0८0 जेष्ठ २0 शनिबार

भारतमा भएको रेल दुर्घटनाप्रति प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

काठमाडौं – भारतको ओडिशा राज्यस्थित बालासोर जिल्लामा भएको रेल दुर्घटनाप्रति भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  दुःख व्यक्त गरेका छन्।

चार दिने भारत भ्रमणको चौथो तथा अन्तिम दिनमा मध्यप्रदेशमा रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार भएको रेल दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति दुख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यस दुःखको घडीमा म प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, सरकार र शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु।’