प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

१ बर्ष अघि

२0८0 जेष्ठ १८ बिहीबार

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। नयाँदिल्लीको हैदराबाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भइरहेको छ।

द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्।यसअघि प्रधानमन्त्री प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका थिए।  

चारदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्डसँग बुधबार साँझ मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राले भेट गरी नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने औपचारिक वार्ताका एजेन्डा र भारतको सुरक्षाचासोबारे जानकारी दिएका छन्।