प्रहरी—समुदाय साझेदारी कार्यक्रमः जिल्ला समिति गठन गरियो (निर्णय सहित)

५ बर्ष अघि

२0७५ कार्तिक १३ मंगलवार

प्रहरी—समुदाय साझेदारी कार्यक्रमः जिल्ला समिति गठन गरियो (निर्णय सहित)

दृष्टीकोण समाचार, कार्तिक १३ दार्चुला । नेपाल प्रहरीले दुई दिन अगाडिमात्रै देशै भर एकैसाथ समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गरेको छ । यसै कार्यक्रमको निरन्तरता सहित आज जिल्ला प्रशासन कार्यालयमा एक औपचारिक कार्यक्रम गरी जिल्ला समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की सल्लाहकार, नगरपालिका प्रमुख सल्लाहकार तथा   प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य संयोजक र प्रहरी नायव उपरिक्षक सह सयोजक रहेको जिल्ला स्थित सरोकारवाला सबै पक्षहरु सदस्य रहने गरी समिति गठन गरिएको दार्चुला जिल्लाका प्रहरी प्रमुख नवराज अधिकारीले बताउनु भयो । 
साथै निम्नानुसार निर्णय गरिएका छन् ।