प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्ण कार्यान्वयन हुने सम्झौता मात्र गर्छौं मन्त्री साउद

१ बर्ष अघि

२0८0 जेष्ठ १६ मंगलवार

प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्ण कार्यान्वयन हुने सम्झौता मात्र गर्छौं मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा पूर्ण कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताएका छन् ।
विगतमा सरकारले भारतसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरुको पूर्ण कार्यान्वयन हुने दाबी गरे ।

भारत भ्रमणको पूर्वसन्ध्यामा  गर्दै मन्त्री साउदले कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नरहने भन्दै भारतसँग बढाइएका एजेण्डाहरुको पूर्ण कार्यान्वयन हुने बताए ।

प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ गते भोलि बाट जेठ २० गतेसम्म भारत भ्रमण गर्दैरैछन् । प्रचण्डको भ्रमण टोलीमा परराष्ट्रमन्त्री साउदसहित अर्थ, भौतिक पूर्वाधार, ऊर्जा र उद्योग मन्त्री लगायत रहनेछन् ।

मन्त्री साउदले दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउन प्रयत्न रहने बताए । ब्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग र ऊर्जाका मुद्दामा बढी जोड दिइने बताए । भ्रमणका क्रममा पञ्चेश्वर परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषयमा समेत टुंगोमा पुग्न प्रयास गर्ने मन्त्री साउदले जानकारी दिए ।