दार्चुला कारागारबाट तीन जना कैदीबन्दी रिहा

१ बर्ष अघि

२0८0 जेष्ठ १५ सोमबार

दार्चुला कारागारबाट तीन जना कैदीबन्दी रिहा

दार्चुला । गणतन्त्र दिवसको अवसरमा आइतबार दार्चुला कारागारबाट तीन जना कैदीबन्दी रिहा भएका छन् । बहुविवाह मुद्वामा कारागार जीवन विताइरहेका एक जोडीसहित अर्का पुरुष रिहा भएका हुन् । जिल्ला कारागार दार्चुलाका निमित्त जेलर रामराजा पन्तका अनुसार दुहुँ गाउँपालिका–१ का सुनिल बम, श्रीमति भागरथी चन्द रिहा भएका छन् । उनीहरु बहुविवाह मुद्वामा कारागार थिए । यस्तै सवारी ज्यान दुर्घटनाका राहुल चौधरी कारागारबाट रिहा भएका छन् । मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा हुने निर्णयपछि उनीहरू रिहा भएका हुन्।