११ को ग्रेड वृद्धि परिक्षा मंसिर ८ गतेबाट हुने, दार्चुलामा २ वटा केन्द्र निर्धारण

५ बर्ष अघि

२0७५ कार्तिक १३ मंगलवार

११ को ग्रेड वृद्धि परिक्षा मंसिर ८ गतेबाट हुने, दार्चुलामा २ वटा केन्द्र निर्धारण

दिपक सिह धामी कात्तिक १३ दार्चुला । 
अगामी मसिंर ८ गतेहूने कक्षा ११को गे्रड वृद्धि परिक्षमा यसपाली दार्चुलामा पनि दुईवटा परिक्षा केनद्र तोकिएका छन् । गे्रड वृद्धि परिक्षाको तयारीका लागी सोमबार  परिक्षा समन्वय समितिका अध्यक्ष खुमकान्त आचार्यको अध्यक्षतामा वैठक बसेर दार्चूलामा दुईवटा परिक्षा केन्द्रहरु महेन्द्र नमुना मावि खलङ्गा र गोकुलेश्वरमावि गोकुलेश्वर मा निर्धारण गरेकोहो ।
जिल्लामा रहेका २५ वटा विद्यालयका ६सय ७४ विद्यार्थिहरु परिक्षामा सहभागीहुने जिल्ला विकास तथा समन्वय ईकाई दार्चुलाले जानकारी दिनुभएको हो । महेन्द्र नमुना माविमा २३ विद्यालयहरु र गोकुलेश्वर मा १२ वटा विद्यालयका विद्यार्थीहरुले यसपालीको ग्रेड वृद्धि परिक्षा दिनेभएका छन।  जसमध्ये महेन्द्र नमुाम माविमा नमुना मावि खलङ्गा,हिमालय मावि हुति, जनविकास मावि बारबाँज,हुस्कर मावि काटँै, लटिनाथ मावि खार, मालिकार्जुन मावि धाप,रष्ट्रिय मावि दत्तु,सरश्वती मावि उकु, मालिकार्जुन मावि मड प्रेमनगर, शङ्करपुर मावि पस्ति,कृष्ण मावि लाली,गौरिलमान्डौ हिकिला तथा कृष्ण मावि डाडाकोटका विद्यार्थीहरु र गोकुलेश्वर मावि गोकुलेमा गोकुलेश्वर मावि, मालिकार्जुन मावि मिलिमिली, हूनैनाथ मावि रातामटा, हुनैनाथ मावि कुणी, लटिनाथ माविरस्कोट, गलैनाथ मावि झरकाँडा, मालिकानर्जुन मावि काडाँपारी, कृष्ण मावि बलाँच, सत्यप्रकाश मावि देथला,  गणेश विनायक मावि सिप्टि, लटिनाथ मावि चन्दनपुर चौपाता, खण्डेश्वरी मावि क्षेत्तिका विद्याथीहरु सहभागी हुने जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाइ दार्चुलाले जानकारी दिएको छ । यो भन्दा अगाडिका वर्षहरुमा दार्चूलामा एक मात्र पक्षिाकेन्द्र गोकुलेश्वर मावि गोकुलेमा मात्र तोकिने गरिन्थ्यो ।