चिनियाँ दूतावासको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कार्यालयमा

१ बर्ष अघि

२0८0 जेष्ठ १३ शनिबार

चिनियाँ दूतावासको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कार्यालयमा

काठमाडौं । नेपालको राष्ट्रिय राजनीतिमा पछिल्लो समय बाह्य हस्तक्षेप बढेको स्वंयम नेताहरु बताउँदै आएका छन् । अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल कै कारण नेपालमा बेला बेला सत्ता समिकरण फेरबदल हुँदै आएको छ ।

नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको आवाज उठिरहेको बेला नेपालस्थित चिनियाँ दूतावासको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० कार्यालय पुगेको छ ।

बिहीबार रास्वपा केन्द्रीय कार्यालय बसुन्धारामा चिनियाँ दूतावासका डिसिएम श्री वाङ शिनसहितको टोली पुगेको थियो । सो टोलीले रास्वपा नेताहरूसँग छलफल गरेको छ । छलफलमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल थिए ।

भेट कूटनीतिक शिष्टाचार मात्रै भएको रास्वपाको दाबी छ । भेटमा नेपाल–चीनका आपसी चासोका विषयमा छलफल भएको बताइएको छ । आन्तरिक राजनीतिमा बाह्य चलखेल हुन नदिने भन्दै आवाज उठाउँदै आएको रास्वपाको कार्यालयमै चिनियाँ दूतावासको टोली पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।