मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

१ बर्ष अघि

२0८0 जेष्ठ १३ शनिबार

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

काठमाण्डौ । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् । ललितपुरको गोदावरीमा शनिवार आज भएको फाइनलमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छिन् । उनलाई पूर्व मिस नेपाल प्रियंका रानी जोशीले ताज पहिर्याएकी हुन् ।

यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन्। २४ जना सुन्दरीले मिस नेपाल वर्ल्ड २०२३ को उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।