भारतीय विदेशमन्त्री जयशंकर र नेपाली राजदूत शर्माबीच भेटवार्ता

१ बर्ष अघि

२0८0 जेष्ठ १२ शुक्रबार

भारतीय विदेशमन्त्री जयशंकर र नेपाली राजदूत शर्माबीच भेटवार्ता

काठमाडौँ । भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकर र भारतका लागि नेपाली राजदूत शंकर शर्माबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार बिहान विदेशमन्त्री जयशंकरकै कार्यक्षमा शिष्टाचार भेट भएको राजदूत शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । 

भेटमा नेपाल र भारतबीचको गहिरो आपसी सम्बन्धका बारेमा छलफल भएको उनले उल्लेख गरेका छन् । भेटकै क्रममा आउँदा दिनमा नेपाल भारत सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा चर्चा गरिएको उनले आफ्नो ट्विटरमा उल्लेख गरेका छन् ।