एमालेद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध

१ बर्ष अघि

२0८0 जेष्ठ १२ शुक्रबार

एमालेद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध

धनुषा — मधेश प्रदेशको प्रदेशसभा बैठक नेकपा एमालेका सांसदहरूले अवरुद्ध गरेका छन् । प्रदेश सरकारले स्थानीय तहमा पठाएको ससर्त अनुदानमा सरकारले अपनाएको विधि(प्रक्रिया गलत भएको भन्दै प्रदेश सांसदहरूले बैठक अवरुद्ध गरेका हुन् । 


नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले ससर्त अनुदानबारे प्रदेश सभामा उठेका प्रश्नहरूको जवाफ सरकारले नदिएसम्म प्रदेशसभा बैठक चल्न नदिने अडान लिएपछि सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।