महंगो ऋण लगानीमा बनेको विमानस्थलको खर्च धान्न आन्तरिक उडानले असम्भव,एक किस्ताबापत झन्डै ८५ करोड बुझाउनुपर्ने

१ बर्ष अघि

२0८0 जेष्ठ १२ शुक्रबार

महंगो ऋण लगानीमा बनेको विमानस्थलको खर्च धान्न आन्तरिक उडानले असम्भव,एक किस्ताबापत झन्डै ८५ करोड बुझाउनुपर्ने

काठमाडौ । पोखरामा अन्तर्राष्ट्ल्याउन नियामक निकाय प्राधिकरणसँग कुनै योजना देखिँदैन। आफ्नो तर्फबाट विमानस्थल बनिसकेको हुँदा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक भौतिक पूर्वाधार तयार रहेको प्राधिकरणले बताउँदै आएको छ।
काठमाडौं पोखरा  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जग्गा अधिग्रहणको ४७ वर्षपछि सञ्चालनमा त आयो तर ऋणै ऋणको बोझमा छ। यो विमानस्थल बनाउँदा लागेको चीनको झन्डै २२ अर्ब ऋण २०७९ चैत १ देखि २०९२ असोज १ गतेभित्र भुक्तानी गरिसक्नुपर्ने हुन्छ।

जुन रकम चिनियाँ मुद्राको सटही दर बढ्दा करिब २६ अर्ब पुगेको छ। विमानस्थल सञ्चालनमा आएको तीन महिना नपुग्दै पहिलो किस्ता बुझाउनुपर्‍यो। तर, कमाइ नै नभएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नै उक्त रकम बेहोर्‍यो। फेरि अब असोज १ गते पुनः किस्ता तिर्नुपर्ने हुन्छ।

भुक्तानी तालिकामा ऋण प्रतिबद्धता जनाइएको रकम १ अर्ब ३७ करोड ८७ लाख ४० हजार चिनियाँ रकम युआन ९करिब २६ अर्ब रुपैयाँ० रहेको उल्लेख छ। चीनको एक्जिम बैंकसँग ऋण सम्झौता हुँदा प्रति १ युआन करिब १६ रुपैयाँ थियो। अहिले यसको सटकी दर करिब १९ रुपैयाँ पुगेको छ। सात वर्षको ग्रेस अवधिसहित २० वर्षमा ऋण तिर्नुपर्नेछ। नेपाल सरकारले चीनको एक्जिम बैंकसँग २ प्रतिशत ब्याजमा लिएको ऋण प्राधिकरणलाई दिँदा ५ प्रतिशत तोकेको छ।

प्राधिकरणले २०७९ चैत १ गतेदेखि ५ करोड ३० लाख २८ हजार ४६५।५४ युआन ९करिब ८५ करोड रुपैयाँ०का दरले ऋण तिर्दै जानुपर्नेछ। भुक्तानी पद्धति समान अर्धवार्षिक ऋण सेवा हुने उल्लेख छ। तर, अन्तर्राष्ट्रिय उडान त होइन, चार्टड उडानसमेत हुन नसक्दा यो ऋणको भार प्राधिकरणले नै बेहोर्नुपरेको हो। विमानस्थल बनाउन लिएको ऋणको साँवा–ब्याज र सञ्चालन खर्च गरी वार्षिक ३ अर्बको आर्थिक व्ययभार बेहोर्नुपर्ने हुन्छ।