रुखमा झुन्डीएकी महिलाको शव जिल्ला अस्पताल दार्चुलामा भोली मात्रै आफन्तको जिम्मा लगाईने

५ बर्ष अघि

२0७५ कार्तिक १२ सोमबार

रुखमा झुन्डीएकी महिलाको शव जिल्ला अस्पताल दार्चुलामा भोली मात्रै आफन्तको जिम्मा लगाईने

ललित सामन्त कार्तिक १२ दार्चुला ।
दार्चुला जिल्लाको व्यासँ गाउँपालीका वार्ड नः ५ धौलाकोटमा रुखमा झुन्डीएकी महिलाको शव जिल्ला अस्पताल दार्चुलामा ल्याएको छ ।  भने भोली मात्रै सवलाई पोष्टमाटम गरि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । 
व्यासँ गाउपालीका वार्ड न ः ५ धौलाकोटको स्याकु भन्ने गाउँमा बस्ने ३० वर्षका मानबहादुर धामीकी श्रीमती वर्ष अन्ताजी २५ ‐२६ वर्षकी पुना धामी झुनडीएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हिजो रातीदेखि घरबाटै हराएकी धामी आज विहान मात्रै प्रहरीलाई स्थानीयहरुले खबर गरेपछि धौलाकोट बाट अमिर सिह रावलको प्रहरी टोली घटना तर्फ गएको र यप अनुसन्धानको लागि दार्चुला बाट प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराको टोली थप अनुसन्धानको लागि गएको र फेरी पनि अनुसन्धान भईरहेको प्रहरी नीरीक्षक बोहराले जानकारी दिनु भएको छ । मृतक धामीका ५ वर्षका १ मात्र छोरा छन् ।