संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन स्वीकृत

१ बर्ष अघि

२0८0 जेष्ठ १0 बुधबार

संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन स्वीकृत

काठमाण्डौ – सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० सदनको संयुक्त बैठकले स्वीकृत गरेको छ ।

आज बुधवार बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० बहुमतले स्वीकृत भएको हो । समितिका सभापति ध्रुवबहादुर प्रधानले सदनसमक्ष प्रतिवेदन पेस गर्नुभएको थियो । साथै संशोधनका लागि ७२ घण्टाको समय दिइएको छ ।

सभामुख देवराज घिमिरेले समितिको प्रतिवेदन स्वीकृत भएको जानकारी दिँदै भन्नुभयो, ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु । संशोधनको सूचना ७२ घण्टाभित्र विधेयक शाखा प्रतिनिधि सभा सिंहदरबारमा दिन सक्नुहुनेछ ।’

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक जेठ १४ गते आइतवार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।