चीन जान बाट चिनियाँ राजदूतले रोकेको हो प्रधानमन्त्री प्रचण्ड

१ बर्ष अघि

२0८0 जेष्ठ १0 बुधबार

चीन जान बाट चिनियाँ राजदूतले रोकेको हो प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनमा भएको बोवाओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पारेका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले चीनमा भएको बोवाओ फोरममा चिनियाँ राजदूतले नै देशभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन र गठबन्धनको अस्थिरता देखेर अर्को समयमा चीन भ्रमण राख्ने भनेपछि आफूले स्वीकारेको बताए । समय, परिस्थिति अनुसार छिमेकी देशहरूको भ्रमण गर्ने उनले बताए ।

गएको पुष १० मा प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्डले चीनको निम्तोलाई अस्वीकार गरी भारत जान लालयित भएको भन्दै एमाले लगायत दलका सांसदहरुले संसद बैठकमै आलोचना गर्दै आएका छन् ।बैठकमा प्रधानमन्त्रीले पहिला कुन देशको भ्रमण गर्ने भन्ने कुरा महत्वको नभएको बताए । उनले आफू पहिलोपटक प्रधानमन्त्री बन्दा चीनबाटै अन्तर्राष्ट्रिय भ्रमण गरेको स्मरण समेत गराए ।